भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

“साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन”

“साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन”

मुख्य बुँदाहरू :

सरकारले साउन महिनाभर डेङ्गी सचेतना अभियान सुरु गरेको छ।

अभियान अन्तर्गत तीनै तहका सरकार, मन्त्रालय, सांसद र समुदायको समूहगत सहभागिता रहनेछ।

‘हरेक शुक्रवार – सफा शुक्रवार’ कार्यक्रममार्फत सार्वजनिक स्थानहरूमा सरसफाइ गरिनेछ।

‘हप्ताको एक दिन एक घण्टा – हुँदैन कुनै कष्ट’ नारासहित लार्भा खोजी र नष्ट गरिनेछ।

हरेक वडामा घरदैलो कार्यक्रम, पोस्टर वितरण, सञ्चार माध्यमद्वारा जनचेतना फैलाउने कार्य हुने।

हालसम्म ७३ जिल्लामा डेङ्गी संक्रमण पुष्टि, डाक्टरहरूले सतर्कता अपनाउन आग्रह।

अभियानको उद्देश्य: लामखुट्टे नियन्त्रण, संक्रमण न्यूनीकरण र जनस्वास्थ्य सुरक्षा।

काठमाण्डौ, १ साउन । सरकारले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग नियन्त्रण गर्न आजदेखि साउन महिनाभर ‘राष्ट्रिय डेङ्गी सचेतना अभियान’ सुरु गरेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन हुने यो अभियानमा तीनै तहका सरकार, विभिन्न मन्त्रालय, सांसद, स्थानीय तह र जनसामुदायिक सहभागिता रहनेछ।

महाशाखाका अनुसार, अभियानका मुख्य तीन कार्यक्रम रहेका छन्। पहिलो कार्यक्रम “हरेक शुक्रवार – सफा शुक्रवार” अन्तर्गत सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थानहरूमा सरसफाइ गरिनेछ।

दोस्रो कार्यक्रम “हप्ताको एक दिन एक घण्टा – हुँदैन कुनै कष्ट” भन्ने नाराका साथ लार्भा खोज र नष्ट गर्ने गतिविधि सञ्चालन गरिनेछ।तेस्रो कार्यक्रम अन्तर्गत प्रत्येक वडामा घरदैलो अभियान, पोस्टर वितरण, र सञ्चारमाध्यममार्फत जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम लागू गरिनेछ।

हालसम्म हुम्ला, डोल्पा, मनाङ र रसुवाबाहेक देशका ७३ जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ। डाक्टरहरूले लामखुट्टेको टोकाइबाट जोगिन र डेङ्गीको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थाको सम्पर्कमा जान आग्रह गरेका छन्।

अभियानको प्रभावकारी कार्यान्वयनबाट लामखुट्टे प्रजनन स्थलको नियन्त्रण, संक्रमण दरको न्यूनिकरण, तथा आम नागरिकमा स्वास्थ्य चेतना अभिवृद्धिको अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.