भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कोशीमा कांग्रेसलाई मन्त्री छान्न सकस, कोइराला समूह बुढानिल्कण्ठ पुग्याे

कोशीमा कांग्रेसलाई मन्त्री छान्न सकस, कोइराला समूह बुढानिल्कण्ठ पुग्याे

काठमाडौं । कोशी प्रदेशमा मन्त्री छान्न कांग्रेसलाई सकस भएको छ । सकस भएपछि अहिले सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा बोलाएका छन् । कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि संसदीय दलका नेता उद्धव थापा काठमाडौँ आएका छन् ।

कोशीमा कांग्रेस एमालेबिच भएको सहमतिअनुसार कांग्रेसले चारवटा मन्त्रालय पाउने भएको छ । तर कांग्रेसभित्र डाक्टर शेखर कोइराला समूहले मन्त्रीको नाम पठाउन सकेको छैन । चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ ।

यसमा शेखर कोइराला समुहले आफ्नो समूहबाट मन्त्री बन्ने आकाङ्क्षी धेरै भएको भन्दै न्यूनतम २ जना मन्त्री बनाउनुपर्ने बताउँदै आएको छ । चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ । कोइराला समूहबाट मन्त्री बन्ने दौडमा रामकुमार खत्री, मानबहादुर लिम्बू, गोविन्द गिरी र इन्दिरा थापाले जोडबल गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.