भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन | हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र | सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो | ५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन | तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण | आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलनमा सुधार, सवा १२ खर्ब उठ्यो | अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ |

देउवाले इतर समूहलाई तीन सीटमा खुम्च्याएपछि गगनले रूष्टहुदै लेखे असहमति

देउवाले इतर समूहलाई तीन सीटमा खुम्च्याएपछि गगनले रूष्टहुदै लेखे असहमति

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाले असहमति जनाएका छन् । चार सीटमा अडान राखेको इतर पक्षलाई देउवाले तीन सीटमा खुम्च्याएपछि थापाले लिखित असहमति जनाएका हुन् ।

उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै महामन्त्री थापाले २ बुँदे लिखित असहमति जनाएका छन् । संस्थापनलाई ७ सीट राखेर इतर पक्षलाई तीन सीट मात्रै दिएपछि इतरपक्षबाट गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार तथा लुम्बिनीबाट विष्णु देवी सापकोटाले टिकट पाएका छन् ।

थापाको लिखित असहमति
१ हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ ।

यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो । संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।

२ यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

अतः आजको निर्णयप्रती मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।

गगनकुमार थापा
महामन्त्री
२०८० पौष २२

 


Thali Mobile Pvt.Ltd.