भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्रीले राजीनामा होइन विश्वासको मत लिनुहुन्छः देव गुरूङ

प्रधानमन्त्रीले राजीनामा होइन विश्वासको मत लिनुहुन्छः देव गुरूङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव गुरूङले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोजिएकाले प्रधानमन्त्रीले राजीनामा नगर्ने बरू संविधान अनुसार संसदबाट विश्वासको मत लिने बताएका हुन्।

त्यो बाटोबाट गएको भए वर्तमान समीकरण भित्रका जोकोही पनि प्रधानमन्त्री बन्न सक्ने गुरूङले बताए। संसदको प्रक्रियाबाट जाँदा विद्यमान सरकारले विश्वासको मत नपाउँदा ७६(३)अनुसारको सरकार बन्ने उनको दाबी छ। गुरूङले चित्त नबुझेपनि संविधान पालना गर्नुपर्ने र संसोधन नै गर्नुपरे समय आउने बताए।

 


Thali Mobile Pvt.Ltd.