धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

धादिङ, १ भदौ । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ।धादिङको गजुरी नजिकै चालिसेमा सोमबार बिहान पौने ६ बजेतिर सुख्खा पहिरो खसेपछि राजमार्गमा यातायात अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ।

पहिरोका कारण काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन रोकिएका छन्। सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीसाधनको लामो जाम लागेको प्रहरीले जनाएको छ।

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी टोलीसमेत घटनास्थलमा पुगेर पहिरो पन्छाउँदै यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। पहिरो हटाउने काम सम्पन्न भएपछि मात्रै राजमार्गमा नियमित रूपमा यातायात सञ्चालन हुने प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.