भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं, ३१ साउन । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः०५ बजे सूचना जारी गर्दै कर्णाली नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको जनाएको छ ।

महाशाखाले नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका डुबान भइरहने स्थानका बासिन्दालाई आइतबार बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालको नजिक रहेको विभागले जनाएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

कर्णाली नदीको जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदीको अवस्था तथा बाढीसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.