भर्खरै : Sorry, your browser does not support inline SVG.

कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं, ३१ साउन । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः०५ बजे सूचना जारी गर्दै कर्णाली नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको जनाएको छ ।

महाशाखाले नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका डुबान भइरहने स्थानका बासिन्दालाई आइतबार बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालको नजिक रहेको विभागले जनाएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

कर्णाली नदीको जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदीको अवस्था तथा बाढीसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.