भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

धादिङको जरेखेतमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

धादिङको जरेखेतमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

धादिङ, २३ साउन । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो खस्दा पृथ्वी राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ।रूखसहितको पहिरो खसेपछि सडकमा दुईतर्फी सवारी आवागमन रोकिएको हो।

पहिरो पन्छाउनका लागि उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन्।राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ जाने सवारी गजुरीतर्फ र मुग्लिनतर्फबाट आउने सवारी आदमघाट क्षेत्रमा रोकिएका छन्।

लगातारको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च भएकाले चालक र यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.