भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

मृगौला निकालेर बिक्री गर्ने गिरोह प्रहरीकाे फन्दामा

मृगौला निकालेर बिक्री गर्ने गिरोह प्रहरीकाे फन्दामा

मुख्य बुँदा

तीन जना नेपाली नागरिक पक्राउ — समिर नेपाली, राकेश नेपाली (नुवाकोट) र राजकुमार परियार (काभ्रे)

नेपाल प्रहरी मानव बेचबिखन विरुद्धको ब्यूरोद्वारा पक्राउ

पीडितहरूलाई पाँचदेखि सात लाख दिने प्रलोभन देखाई भारत पुर्‍याइन्थ्यो

मृगौला भारतका चण्डीगढ, नोयडा लगायतका स्थानमा निकालिने

जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर एक हप्ताको म्याद

आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई लक्षित गरेर गिरोह सञ्चालन

पीडितहरू प्रहरी सम्पर्कमा आएपछि घटनाको खुलासा

काठमाडौं, २२ साउन । नेपाली युवालाई भारत लगेर मृगौला निकाल्ने र बिक्री गर्ने गिरोहका तीन सदस्यलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटका समिर नेपाली, राकेश नेपाली र काभ्रेका राज कुमार परियार रहेका छन्। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार, जिल्ला अदालत काठमाडौंबाट तीनैजनालाई एक साताको म्याद लिएर हिरासतमा राखी थप अनुसन्धान थालिएको छ।

प्रहरीका अनुसार उनीहरूले भारतको नयाँ दिल्ली, चण्डीगढ र नोयडा जस्ता स्थानमा पुर्‍याएर नेपाली युवाको मृगौला निकाल्ने र बिक्री गर्ने कार्य गर्दै आएका थिए। गिरोहले आर्थिक रूपमा कमजोर युवाहरूलाई पाँचदेखि सात लाख रुपैयाँ दिने प्रलोभन देखाएर फसाउने गरेको खुलेको छ।

यस गिरोहको काम कारबाही तब उजागर भयो जब मृगौला निकालिएका केही पीडितहरू प्रहरीको सम्पर्कमा आए। त्यसपछि सुरु गरिएको अनुसन्धानबाट तीन जनाको संलग्नता खुलेको हो। प्रहरीले यो गिरोह अझै ठूलो नेटवर्कमा फैलिएको आशंका गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.