भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

धान गोड्ने क्रममा लडेकी वृद्धाको उपचारकै क्रममा निधन

धान गोड्ने क्रममा लडेकी वृद्धाको उपचारकै क्रममा निधन

सप्तरी, ६ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामा खेतमा धान गोड्ने क्रममा एक वृद्धाको मृत्यु भएको छ। स्थानीय ६५ वर्षीया पवनदेवी यादव बिहीबार बिहान साढे ९ बजेतिर आफ्नै खेतबारीमा धान गोड्दै गर्दा अचानक लडेर बेहोस भएकी थिइन्।

उनलाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.