भर्खरै : Sorry, your browser does not support inline SVG.

लुम्बिनीका ६ जिल्लामा बर्का अट्वारी पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा बर्का अट्वारी पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ, ६ भदौ । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अट्वारी पर्वको अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार थारु समुदायको बसोबास बढी रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा सार्वजनिक बिदा लागू हुने भएको छ।

थारु समुदायका पुरुषहरूले यो पर्वमा निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने परम्परा रहेको छ।

 


Thali Mobile Pvt.Ltd.