भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गौरापर्वको तेस्रो दिन : आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

गौरापर्वको तेस्रो दिन : आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

काठमाडौं, १४ भाद्र । दूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन शनिबार व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने यो दिनलाई व्रतालुले विशेष दिनका रूपमा लिने गरेका छन् ।

बिहान नुहाएर साँझको समयमा गौरालाई गौराघरमा भित्र्याउने चलन रही आएको संस्कृतिविद् आचार्य विष्णुदत्त भट्टले जानकारी दिए । शनिबार अमुक्ताभरण सप्तमी भएकाले व्रतालुहरू एक ठाउँमा जम्मा भई फाग गीत गाएर गौरादेवीको पूजा गर्ने परम्परा रहेको उनले बताए । ‘ठूली गौरा’ को दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाले फलफूल र बिरुडासहित गौरादेवीको पूजा गर्ने चलन छ । व्रतालुले धारण गर्ने विशेष धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा अर्पण गरिन्छ ।

साउ, अपामार्ग, तिललगायतका वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाएर पूजा गर्ने परम्परा छ । खेतबारीबाट ल्याइएका यी वनस्पतिबाट बनाइएको गौराको प्रतिमा आज गौराघरमा भित्र्याइन्छ । पुरुषहरूले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारण गर्ने प्रथा रहेको पण्डित जयानन्द भट्टले बताएका छन् ।

आज साँझ व्रतालु महिलाले कुण्ड स्नान गर्ने चलन छ । आज गौरादेवीमा चढाइएको दुबधागो भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन महिलाले धारण गर्ने गर्छन् । नयाँ दुबधागो आज अर्पण गरेर भोलि अठ्यावाली सकिएपछि धारण गर्ने प्रचलन रहिआएको छ ।

गौरापर्वको मुख्य दिन सप्तमीमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाले राति मिठोमसिनो भोजन गर्ने परम्परा छ । मौलिक पर्वका रूपमा रहेको गौराको मुख्य दिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन महिलाले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने गर्छन् ।

गौराको समयमा ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्ने परम्परा अझै पनि जीवित छ । सुदूरपश्चिममा दशैँभन्दा बढी महत्व दिइने यस पर्वका लागि विदेशमा रहेका व्यक्तिहरू समेत घर फर्किने गर्छन् ।

 


Thali Mobile Pvt.Ltd.