भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

धनुषामा ऐलानी जग्गा विवादमा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार

धनुषामा ऐलानी जग्गा विवादमा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार

जनकपुर, २६ पुष । धनुषाको मिथिला नगरपालिकामा ऐलानी जग्गाको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । मिथिला नगरपालिका–२ नक्टाझिज सुग्जोरस्थित सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै स्थानीयवासी र आश्रम पक्षबीच झडप भएको हो ।

विवाद चर्किएपछि आश्रम र स्थानीयबीच ढुङ्गामुढा सुरु भएको र अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको धनुषा प्रहरी प्रमुख एसपी रुगम कुँवरले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीले ५ राउन्ड र सशस्त्र प्रहरीले ११ राउन्ड गरी कुल १६ राउन्ड अश्रुग्याँस प्रहार गरिएको हो । एसपी कुँवरका अनुसार करिब १० कट्ठा ऐलानी जग्गाको नापी कार्य भइरहेको क्रममा विवाद सुरु भएको थियो । नापीका क्रममा आश्रम र स्थानीयबीच भनाभन हुँदै झडपको स्थिति सिर्जना भएको र स्थिति उग्र बनेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका हुन् ।

घटनाका क्रममा दुवै पक्षका केही व्यक्तिहरू सामान्य घाइते भएको र हाल अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यद्यपि घटनापछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए । प्रहरीका अनुसार अहिले स्थिति सामान्य बन्दै गएको छ भने घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.