भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

धनुषामा ऐलानी जग्गा विवादमा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार

धनुषामा ऐलानी जग्गा विवादमा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार

जनकपुर, २६ पुष । धनुषाको मिथिला नगरपालिकामा ऐलानी जग्गाको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । मिथिला नगरपालिका–२ नक्टाझिज सुग्जोरस्थित सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै स्थानीयवासी र आश्रम पक्षबीच झडप भएको हो ।

विवाद चर्किएपछि आश्रम र स्थानीयबीच ढुङ्गामुढा सुरु भएको र अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको धनुषा प्रहरी प्रमुख एसपी रुगम कुँवरले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीले ५ राउन्ड र सशस्त्र प्रहरीले ११ राउन्ड गरी कुल १६ राउन्ड अश्रुग्याँस प्रहार गरिएको हो । एसपी कुँवरका अनुसार करिब १० कट्ठा ऐलानी जग्गाको नापी कार्य भइरहेको क्रममा विवाद सुरु भएको थियो । नापीका क्रममा आश्रम र स्थानीयबीच भनाभन हुँदै झडपको स्थिति सिर्जना भएको र स्थिति उग्र बनेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका हुन् ।

घटनाका क्रममा दुवै पक्षका केही व्यक्तिहरू सामान्य घाइते भएको र हाल अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यद्यपि घटनापछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए । प्रहरीका अनुसार अहिले स्थिति सामान्य बन्दै गएको छ भने घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.