भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ सुरक्षाकर्मी घाइते

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ सुरक्षाकर्मी घाइते

धनुषा, २० असार । धनुषाको भारतसँगको सीमावर्ती क्षेत्र बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप भएको छ। बिहीबार साँझ भएको भिडन्तमा सशस्त्र प्रहरी बलका डीएसपी दिनेश शर्मा सहित ६ जना सुरक्षाकर्मी घाइते भएका छन्।

सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काका अनुसार तस्कर समूहले लुकाएर राखेको तस्करी सामग्री नियन्त्रणमा लिन खोज्दा एक्कासी प्रहरीमाथि आक्रमण भएको थियो।

सुरक्षाकर्मीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउन्ड अश्रुग्यास र ४ राउन्ड गोली हवाई फायर गरिएको बताइएको छ। तस्कर समूह भारतीय भूभागतर्फबाट सामग्री ल्याउन खोजिरहेका थिए भने भिडन्तपछि उनीहरू फरार भएका छन्।

घाइते सुरक्षाकर्मीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र सक्रिय बनाइएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.