भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ सुरक्षाकर्मी घाइते

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ सुरक्षाकर्मी घाइते image

धनुषा, २० असार । धनुषाको भारतसँगको सीमावर्ती क्षेत्र बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप भएको छ। बिहीबार साँझ भएको भिडन्तमा सशस्त्र प्रहरी बलका डीएसपी दिनेश शर्मा सहित ६ जना सुरक्षाकर्मी घाइते भएका छन्।

सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काका अनुसार तस्कर समूहले लुकाएर राखेको तस्करी सामग्री नियन्त्रणमा लिन खोज्दा एक्कासी प्रहरीमाथि आक्रमण भएको थियो।

सुरक्षाकर्मीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउन्ड अश्रुग्यास र ४ राउन्ड गोली हवाई फायर गरिएको बताइएको छ। तस्कर समूह भारतीय भूभागतर्फबाट सामग्री ल्याउन खोजिरहेका थिए भने भिडन्तपछि उनीहरू फरार भएका छन्।

घाइते सुरक्षाकर्मीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र सक्रिय बनाइएको प्रहरीले जनाएको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.