भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

पोखरामा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण: ३६ लाख लिटर भण्डारण

पोखरामा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण:  ३६ लाख लिटर भण्डारण

कास्की, २० असार । पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण भएको छ । नेपाल आयल निगमले पहिलो पटक ३६ लाख लिटर भण्डारण क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको हो ।

पहिलो पल्ट शत प्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी, स्वदेशी सीप र पुँजीमा इन्धन डिपो निर्माण गरिएको हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो ।

निगमले आफ्नो ५५ वर्षको इतिहासमा ७५ करोड रुपैयाँ लागतमा यति ठूलो परियोजना पहिलो पटक बनाएको हो । परियोजनाका प्रमुख इञ्जिनियर यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानलाई आवश्यक पर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको बताउनुभयो ।

एक हजार दुई सय किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृहमा तीन हजार ६ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क निर्माण गरिएको हो ।

यो डिपोले पोखराबाट हुने उडानहरूको इन्धन आपूर्तिमा सहजता ल्याउने छ । स्वदेशी प्रविधि तथा स्रोत प्रयोग गरेर निर्माण गरिएको डिपो नेपालको इन्धन पूर्वाधारमा महत्त्वपूर्ण उपलब्धी हो । रासस

 


Thali Mobile Pvt.Ltd.