भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

धुर्मुसको स्पष्टिकरण : ‘हामी भागेर अमेरिका आएका होइनौं, छोरीको उपचारका लागि बाध्य भयौं’

धुर्मुसको स्पष्टिकरण : ‘हामी भागेर अमेरिका आएका होइनौं, छोरीको उपचारका लागि बाध्य भयौं’

काठमाडाैं । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले केही मिडियाले आफूहरू अमेरिका भागेको भनेर लेखिरहेको समाचारको खण्डन गर्दै, छोरीको स्वास्थ्य जटिलताका कारण अमेरिका आउन बाध्य भएको स्पष्ट पारेका छन् । उनले शुक्रबार फेसबुकमा ‘बकपत्र’ शीर्षकको लामो स्टाटस लेख्दै वास्तविकता सार्वजनिक गरेका हुन् ।

धुर्मुसका अनुसार, उनीहरूले तीन वर्षअघि नै अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ का लागि आवेदन गरेका थिए । जुन असाधारण क्षमता भएका व्यक्तिहरूलाई प्रदान गरिने स्थायी बसोबास अनुमति हो । दुई वर्षपछि भिसा पाएको तर त्यो निर्णय रहर नभई ‘परिस्थितिको दास’ भएर लिनुपरेको उनले उल्लेख गरे । 

उनी भन्छन्  “नेपालमा कलाकारिता गर्न नसक्ने, बाँच्ने आधारहीन अवस्थामा छोरीको भविष्य सुरक्षित गर्न हामीले अमेरिका आवेदन गरेका थियौं । यसअघि तनावका कारण दोस्रो बच्चालाई गुमाइसकेकाले हामी जोखिम लिन चाहँदैनथ्यौं ।” आर्थिक तनावबीच भिसा हातमा पर्दा खुशी नभई रुनु परेको उल्लेख गर्दै उनले अमेरिकाको यात्रा खर्च जुटाउन पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफूसँगका सबै गरगहना बेच्नुपरेको पनि बताए । अहिले उनीहरूले अमेरिकामा कुनै व्यवसाय सुरु नगरेको र कुनै लगानी नगरेकोसमेत स्पष्ट पारे ।

धुर्मुसका अनुसार, उनीहरू अमेरिका भागेर होइन, छोरीको उपचारका लागि बाध्य भएर आएका हुन् । उपचार पूरा भएपछि नेपाल फर्केर फेरि कलाकारितामै लाग्ने इच्छा रहेको उनले बताए । धुर्मुसले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका क्रममा देखिएको सरकारी झमेला, १८ करोडभन्दा बढी आर्थिक दायित्व र प्रक्रियागत त्रुटिका कारण बजेट फ्रिज भएर फर्किएको घटनाहरूको गुनासो पनि राखे । महानगरलाई रंगशाला हस्तान्तरण गर्दा दायित्व छिटो फर्छ्यौट गर्ने प्रतिबद्धता पुरा नभएको, आफूहरूलाई ‘ठग’ भनेर आरोप लगाइनु ठूलो पीडा भएको उनले उल्लेख गरे ।

उनका अनुसार अहिले धुर्मुस–सुन्तली अमेरिकाको नर्थ क्यारोलिनामा नातेदारको घरमा बसेका छन् । धुर्मुस अभिनीत ‘लाज शरणम्’ हालै प्रदर्शनमा आएको थियो भने उनी ‘पाँच पाण्डव’ फिल्मको तयारीमा छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.