भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

डायमण्ड हिल रिसोर्ट र सिटिजेन्स बैंकबीच सहकार्य, डिजिटल भुक्तानीमा १५ प्रतिशतसम्म छुट

डायमण्ड हिल रिसोर्ट र सिटिजेन्स बैंकबीच सहकार्य, डिजिटल भुक्तानीमा १५ प्रतिशतसम्म छुट

पनौती, काभ्रेपलाञ्चोक, २० जेठ ।  आन्तरिक पर्यटन प्रवर्द्धनको केन्द्र बनेकाे Diamond Hill Resort Pvt. Ltd. ले Citizens Bank International Ltd. सँग सहकार्य गर्दै नयाँ अफर सार्वजनिक गरेको छ।

सिटिजेन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड होल्डर तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले डायमण्ड हिल रिसोर्टमा सेवा लिँदा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन्। राजधानीमा आयोजित एक समारोहमा दुबै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौता हस्ताक्षर गरिएको हो।

सम्झौता संगै Diamond Hill Resort का प्रमुख कार्यकारी अधिकृत (CEO) राजन थापाले भन्नेुभयाे : “डिजिटल कारोबार समयको आवश्यकता मात्र होइन, समृद्ध भविष्यको आधार पनि हो। सिटिजेन्स बैंकसँगको सहकार्य हाम्रो ग्राहकलाई डिजिटल माध्यम प्रयोग गर्न प्रेरित गर्दै ‘डिजिटल नेपाल’ निर्माणमा सशक्त टेवा पुग्नेछ।”

उहाँले थप्नुभयाे, “हाम्रो उद्देश्य सधैं पाहुनालाई उत्कृष्ट सेवा र नयाँ अनुभव दिनु हो । यस छुट अफरले ग्राहकलाई आर्थिक लाभसँगै सहजता पनि प्रदान गर्नेछ।”

Citizens Bank ले पनि डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै ग्राहकलाई बैंकिङ सेवा प्रयोगमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ। यस किसिमको सहकार्यले पर्यटन क्षेत्र र वित्तीय क्षेत्रबीचको सहसम्बन्धलाई बलियो बनाउँदै सेवा प्रयोगकर्तालाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.