भर्खरै : Sorry, your browser does not support inline SVG.
सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु | सर्वोच्चले खारेज गर्‍यो औद्योगिक क्षेत्रको भाडा विवादसम्बन्धी पुनरावलोकन |

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट

कैलाली । धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाद्वारा गरिएको संयुक्त अनुगमनमा उक्त परिमाणमा विषादी प्रयोग गरिएका आँप पाइएपछि नष्ट गरिएको हो ।

उपमहानगरभित्र रहेका तीन वटा हाट ९फलफूल तथा तरकारी० बजारमा अनुगमन गर्दा विषादीको मात्रा अत्याधिक प्रयोग भएका अखाद्य आँप पाइएपछि नष्ट गरिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख महेश मल्लले जानकारी दिए ।

उनका अनुसार सहिद गेट कृषिउपज थोक बजार, दक्षिणकाली मार्ग सब्जी मन्डी र धनगढीको चौराहास्थित हाट बजारबाट तरकारी तथा फलफूलका नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो, गोलभेँडा, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको जनाउँदै मल्लले खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको बताए ।

परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले जानकारी दिए । उनका अनुसार संयुक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी तीन वटा हाट बजारबाट फलफूल तथा तरकारीका १८ वटा नमूना सङ्कलन गरिएको थियो ।

ती नमूनाको विषादी अवशेष द्रुत विष्लेषण विधिबाट परीक्षण गर्दा आँपको नमूनामा रोकावट ६१ प्रतिशत पाइएकाले दुई हजार २६७ किलो आँप नष्ट गरिएको उनले जानकारी दिए ।

बाँकी १७ वटा नमूनामा कैफियत नपाइएको उल्लेख गर्दै प्रमुख प्रधानले अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहे पनि खान योग्य मानिएको बताए । उनका अनुसार आँपमा विषादीको अवशेष उच्च भएकाले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले खान अयोग्य ठहर गरी नष्ट गरिएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.