भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी

दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी

दोलखा, ६ साउन । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा मंगलबार राति आएको बाढीमा परेर एक जना बेपत्ता भएका छन् भने चार जना भीरमा फसेका छन्।

गौरीशंकर गाउँपालिका–९ का अध्यक्ष निमगेली शर्पाका अनुसार मुलखर्कस्थित सिप्रिङ खोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा आएको बाढीमा चस्मान तामाङ बेपत्ता भएका हुन्। गोठ लिएर मुलखर्क पुगेका तामाङलाई गाईवस्तुसहित बाढीले बगाएको बताइएको छ।

बाढी आएपछि ज्यान जोगाउन भागेका सिप्रिङ खोला जलविद्युत् आयोजनाका चार कर्मचारी ओडारमा पुगे पनि अहिले भीरमा फसेर उद्धारको प्रतीक्षामा रहेका छन्।

उनीहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रतिकूल मौसम र कठिन भूगोलका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। प्रशासनले नदी तथा खोलानाला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.