भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोलखा जग्गा तथा आवास विकास संघ तदर्थ समिति गठन

दोलखा जग्गा तथा आवास विकास संघ तदर्थ समिति गठन

दोलखा । दोलखा जग्गा तथा आवास विकास संघ तदर्थ समिति गठन गरिएको छ । आइतबार दोलखा जिल्लाभरी छरियर रहेका घर जग्गा ब्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको संघका सचिव रामसुन्दर बकेले जानकारी दिनु भएको हो ।

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव विष्णुप्रसाद घिमिरे, महासंघका सचिव रामसुन्दर बके तथा केन्द्रय सदस्य मोहन बहादुर राउतको उपस्थितिमा समिति गठन गरिएको हो । दोलखा भरी छरिएर रहेका घर जग्गा ब्यवसायीहरुको हकहित र अधिकारलाई सुनिश्चित गर्ने उद्घेश्यले दोलखा जग्गा तथा आवास विकास संघ तदर्थ समिति गठन गरिएको महासचिव बिष्णु प्रसाद घिमिरेले बताउनु भयो ।

कार्यक्रममा सचिव रामसुन्दर बकेले घर जग्गा ब्यवसायीहरुले सस्थागत रुपमा कम्पनी मार्फत कारोबार गरि पेशालाई मर्यादित बनाउनु पर्ने तथा आवास संघसंगै दोलखा जिल्ला पर्यटकिय क्षेत्र रहेकोले होम स्टेलाइ समेत मध्यनजर गरि जग्गा तथा आवास बिकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा घर जग्गा बिज्ञ शुरेन्द्रमान बिजुक्छे, नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रिय सदस्य मोहन बहादुर राउतको समेत उपस्थिति रहेको थियोे ।

दोलखा जग्गा तथा आवास विकास संघको तदर्थ समिति संयोजक तथा अध्यक्ष शिव बहादुर खत्री, उपाध्यक्ष शिव सिवाकोटी, सचिव भैरब थापा, सदस्य स्बिष्णु सिवाकोटी, बिष्णु खतिवडा, हरि उप्रेती, ठूलो कान्छा तमाङ्ग, करुण पाण्डे, बिदुर उप्रेती, तारा मगर, मखन पान्डे, भक्त बहादुर खड्का,निम पसाङ्ग शेर्पा रहेका छन । सल्लाहकारमा सुरेन्द्रमान बिजुक्छे, श्याम खड्का रहेका छ्न ।

 


Thali Mobile Pvt.Ltd.