भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाद्वारा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाद्वारा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ । कटन क्यान्डीको परीक्षण गर्दा अखाद्य रङ्ग पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।

जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले आग्रह गरेको छ ।

अनुमति लिएका, लेवल भएका बाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउनका लागि आवश्यक अनुगमन र नियमन गरिदिन कार्यालयले आग्रह समेत गरेको छ ।
बजारमा बालबालिकालाई लक्षित गरी खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.