भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सामुदायिक वनमा लागेको आगोमा परी बालकको मृत्यु

सामुदायिक वनमा लागेको आगोमा परी बालकको मृत्यु

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनमा लागेको आगोमा परेर घाइते भएका बालकको मृत्यु भएको छ। जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले बताए । सो आगलागीमा तीन बालबालिका घाइते भएका थिए ।

बाँकी दुई जनाको थप उपचारको लागि काठमाडौं ल्याइन लागेको प्रजिअ दाहालले बताए । बिहिबार साझ गाउँनजिकै गुच्ची च्याउ टिप्न गएका उनीहरु वनमा लागेको डढेलोमा परी घाइते भएका हुन । घाइते भएका बालबालिकालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो ।

धेरै प्रयास गर्दा पनि सुलस बुढालाई बचाउन नसकिएको डाक्टर अखण्ड उपाध्यायले बताए । अन्य दुई घाइते बालक उपचारपछि निको हुन सक्ने आशा रहेको उनको भनाइ छ । घाइते भएका तीन जनामध्ये कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढालाई थप उपचारका लागि काठमाडौं ल्याइदै छ ।

डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिक मध्ये तीन जनाको सैनिकको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.