सामुदायिक वनमा लागेको आगोमा परी बालकको मृत्यु

सामुदायिक वनमा लागेको आगोमा परी बालकको मृत्यु image

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनमा लागेको आगोमा परेर घाइते भएका बालकको मृत्यु भएको छ। जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले बताए । सो आगलागीमा तीन बालबालिका घाइते भएका थिए ।

बाँकी दुई जनाको थप उपचारको लागि काठमाडौं ल्याइन लागेको प्रजिअ दाहालले बताए । बिहिबार साझ गाउँनजिकै गुच्ची च्याउ टिप्न गएका उनीहरु वनमा लागेको डढेलोमा परी घाइते भएका हुन । घाइते भएका बालबालिकालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो ।

धेरै प्रयास गर्दा पनि सुलस बुढालाई बचाउन नसकिएको डाक्टर अखण्ड उपाध्यायले बताए । अन्य दुई घाइते बालक उपचारपछि निको हुन सक्ने आशा रहेको उनको भनाइ छ । घाइते भएका तीन जनामध्ये कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढालाई थप उपचारका लागि काठमाडौं ल्याइदै छ ।

डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिक मध्ये तीन जनाको सैनिकको मृत्यु भएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda