भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमामा सेना परिचालन

डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमामा सेना परिचालन

एजेन्सी । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमामा सेना परिचालन गरेका छन् । उनले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा समेत गरेका थिए।

ट्रम्प राष्ट्रपति भएको समयमा आप्रवासन समस्या केही नियन्त्रित अवस्थामा थियो, जुन बेला एक वर्षमा अमेरिका प्रवेश गर्ने आप्रवासीको सबैभन्दा ठूलो संख्या एक लाख हाराहारी थियो ।

मेक्सिकोको सीमा हुँदै गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न सेना परिचालन गरिएको हो। बीबीसीका अनुसार सीमा क्षेत्रमा लडाकु जहाज, हेलिकोप्टरसहित १५ सय सेना परिचालन गरिएको छ, जसमध्ये १ हजार स्थल र ५ सय जल सैनिक छन्। उनीहरू बोर्डर मिसनका रूपमा परिचालित भएका छन् ।

दुईवटा सी १७ र दुईवटा सी १३० सैन्य विमान परिचालन गर्ने तयारी गरिएको छ । यो क्षेत्रबाट तत्कालै ५ हजार अवैध आप्रवासीलाई देश निकाला गर्ने तयारी रहेको कार्यवाहक रक्षामन्त्री रोबर्ट सेल्सेसले बताएका छन्।

मेक्सिकोको सीमा क्षेत्रबाट निवर्तमान राष्ट्रपति जो बाइडेनको पालामा एकै वर्षमा तीन लाखसम्म आप्रवासी अमेरिका प्रवेश गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा एजेन्सीको तथ्यांक छ ।

 


Thali Mobile Pvt.Ltd.