भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुर महेश्वरीमा दशैं सस्तो व्यापार मेला-२०८२, असोज ३ देखि सुरु हुँदै

भक्तपुर महेश्वरीमा दशैं सस्तो व्यापार मेला-२०८२, असोज ३ देखि सुरु हुँदै

भक्तपुर, १ असोज । भक्तपुरको महेश्वरी खेल मैदानमा दोस्रो भक्तपुर दशैं सस्तो व्यापार मेला – २०८२ हुने भएको छ । आगामी असोज ३ गते शुक्रबार देखि असोज १२ गते सम्म सञ्चालन हुने यो व्यापार मेला औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले  आयोजनामा गरेकाे हो ।

बुधबार नेपाल प्रेस साेसाइटी, सूर्यविनायकमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले नेपालीहरूकाे पर्व वडा दशैं तथा नगरकोट भ्रमण वर्ष २०८२ को अवसर पारेर मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । भक्तपुर नगरपालिका–७, हनुमानघाटस्थित महेश्वरी (खेल) फुटबल मैदानमा आयोजना हुने मेला ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानमा गर्न लागिएको बताइएको छ । यस मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिबाट हुने जनाइएकाे छ ।

मेला संयोजक संगम लामाका अनुसार, मेलाका लागि आवश्यक तयारी सम्पन्न भइसकेको छ  बताए । आयोजना स्थलमा स्टल निर्माण लगायतका काम तीव्र गतिमा अगाडि बढिरहेका छन् । मेलामा ५० भन्दा बढी स्टल रहने बताइएकाे छ । जहाँ साना व्यवसायी तथा स्थानीय व्यापारीले सुलभ शुल्कमा सहभागिता जनाउने बताइएकाे छ । मेलामा लुगा, जुत्ता, खाद्यान्न, अटोमोबाइल, हस्तकला सामग्री, कृषि उपकरण लगायत दैनिक उपभोग्य वस्तुहरूमा विशेष छुटको व्यवस्था गरिने बताइएकाे छ ।

मेलामा बालउद्यान, रोटे पिङ, ड्रागन राइड,  मिकी माउस जस्ता रमाइला खेलकुदका साथै राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याति प्राप्त कलाकारहरूका हास्यव्यङ्ग्य र सांगीतिक प्रस्तुति हरेक दिन रहनेछन् । शनिबार विशेष सांस्कृतिक कार्यक्रम हुने बताइएकाे छ,  जसमा केडी थ्री डान्स कल्चर एकेडेमी प्रा. लि. को विशेष प्रस्तुति प्रस्तुत रहनेछ ।

मेलाका व्यवस्थापक बलराम श्रेष्ठका अनुसार मेलामा विद्यार्थीका लागि रु ५० र सर्वसाधारणका लागि रु ७० को प्रवेश शुल्क तोकिएको छ । त्यसैगरी जेष्ठ नागरिकहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताइएकाे छ ।

 

 


Thali Mobile Pvt.Ltd.