भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व

सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व

मुख्य बुँदा

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै।

प्रत्येक वर्ष असोज १ गते विजयोत्सवका रूपमा मनाइने प्रचलन।

भदौ १ गते बिच बाटामा गाडिएका सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पूतना बुढी बनाइन्छ।

असोज संक्रान्तिको साँझ गाउँले सबै मिलेर पूतना बुढी जलाउने, जसलाई बन्दुनी जलाउने भनिन्छ।

आ-आफ्नो बारीमा फलेका काँक्रो चपाएर पूतनामा फाल्ने र जोरले थु-थु गर्ने प्रचलन।

लुतो फाल्ने र बाटो-बाटोमा बलेको दियालो गाड्ने परम्परा पनि।

सांस्कृतिक जानकारका अनुसार, पर्व भगवान् श्रीकृष्णद्वारा पूतनाको वधसँग जोडिएको।

पहिले रातभर देउडा नाच्ने चलन थियो, आजकल कम देखिन्छ।

पर्वले समुदायलाई भेला गराई सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने काम गर्दछ।

काठमाडौँ, १ असाेज । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा  बुधवार ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। प्रत्येक वर्ष असोज १ गते सुदूरपश्चिममा विजयोत्सवका रूपमा यो पर्व मनाउने प्रचलन छ।

भदौ १ गतेका दिन बिच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पूतना बुढी, अर्थात् राक्षस पूतनाको प्रतीक तयार गरिन्छ। असोज संक्रान्तिको साँझ गाउँका सबै मिलेर उक्त प्रतीक जलाउने चलन छ, जसलाई स्थानीय भाषामा बन्दुनी जलाउने भनिन्छ।

बन्दुनी जलाउने प्रचलन: प्रत्येक घरले आफ्नो बारीमा फलेका काँक्रो चपाएर जलेको पूतनामा फाल्ने। त्यसपछि जोरले थु-थु गर्ने चलन। लुतो फाल्ने र बाटो-बाटोमा बलेको दियालो गाड्ने परम्परा पनि छ।

सांस्कृतिक जानकारका अनुसार, बुढी पोल्ने पर्व भगवान् श्रीकृष्णद्वारा राक्षस पूतनाको वधसँग जोडिएको उत्सवको रूपमा मनाइन्छ। पहिले रातभर देउडा नाच्ने चलन रहेको भए पनि आजकल त्यस्तो प्रचलन कम देखिन्छ।

यो पर्व स्थानीय जनजीवनमा संस्कृति, परम्परा र धार्मिक विश्वासलाई जोड्ने माध्यमको रूपमा मनाइन्छ। बुढी पोल्ने पर्वले समुदायलाई एक ठाउँमा भेला गराई सामाजिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने काम पनि गर्दछ।

 


Thali Mobile Pvt.Ltd.