सुदूरपश्चिम सरकारद्वारा भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा

सुदूरपश्चिम सरकारद्वारा भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा

धनगढी । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावितलाई राहतका लागि
सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ । शनिबार मन्त्रिपरिषदको आकस्मिक बस्दै राहत र सहयोग गर्ने निर्णय गर्दै उक्त घोणा गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पको कारण भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जाजरकोट र रुकुम (पश्चिम) लगायतको क्षेत्रमा सहायता पुग्ने गरी तत्काल रु १ करोड रुपैयाँ र स्वास्थ्य सामाग्री सहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

त्यस्तै सुदुरपश्चिम सरकारले भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरुको खोज उद्धार र घाइतेहरुको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतका स्थानीय तह, सुरक्षा निकाय तथा बिभिन्न संघ सस्था र नागरिक समाजसँग आग्रह समेत गरेको छ ।

याे पनि पढाैं । 

सुदूरपश्चिम सरकारद्वारा भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा

 


Thali Mobile Pvt.Ltd.