रुकुम । भूकम्पमा परी रुकुममा ३६ जनाको मृत्यु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्प गएकाे हाे । याे समाचार तयार पार्दासम्म ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
५३ जना अस्पतालमा भर्ना भएका छन् । रुकुम पश्चिम आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भूकम्पले बढी क्षेति पुर्याएकाे छ । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध बनेका छन् ।
मध्यपहाडी लोकमार्गमा पहिरो खसेकाे हुदा पन्छाउने काम जारी छ ।चौरजहारीमा नगर प्रहरी उद्धारमा सक्रिय भएकाे छ । चौरजहारीस्थित मिसन अस्पताल र खोलागाउँस्थित शहीद स्मृति अस्पतालमा दुई दर्जन घाइतेकाे उपचार भईरहेकाे चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माले बताईन् ।
चौरजहारी नगरपालिका–७ खत्रीगाउँमा भूकम्पले घर भत्किँदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पतालमा ल्याएको छ ।
भूकम्पबाट बालबालिका, बुढाबुढी बढी प्रभावित भएका छन् । गोठ भत्किदा पशु चौपाया पुरिएर मरेका छन् । उद्वारकार्य जारी रहेकाले विवरण थप विवरण आउन बाँकी छ ।
