भक्तपुर । नेपाल विद्युत प्राधिकरणको भक्तपुर वितरण केन्द्रले भोलि बत्ति निभाउने जनाएको छ ।
दीपावलीमा निरन्तर विद्युत सुचारु हुनका लागि यस वितरण केन्द्र अन्तर्गत ११ के.भि. लाइनको मर्मत सुधार गर्नुपर्ने भएकोले शनिबार बिहान ११ः०० बजेदेखि दिउसो १ः००
बजेसम्म ब्यासी फिडर र नलिंचोक फिडर अन्तर्गत ब्यासी, कमलविनायक, लिवाली, नलिंचोक, सिपाडोल, सुडाल र ताथली एरियामा विद्युत सप्लाई बन्द हुने छ ।
दिउसो १ः०० देखि ३ः०० बजेसम्म सूर्यविनायक फिडर र वृक फिडर अन्तर्गत इटाछे, इनाचो, दुधपाटी, सल्लाघारी, कटुन्जे एरियामा विद्युत सप्लाई बन्द हुने प्राधिकरणले जनाएको छ ।
