भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पूर्वमा बाढी–पहिरो पीडित उद्धार, चार घाइते हेलिकप्टरमार्फत झापामा उपचारका लागि सारियो

पूर्वमा बाढी–पहिरो पीडित उद्धार, चार घाइते हेलिकप्टरमार्फत झापामा उपचारका लागि सारियो

काठमाडौँ, २० असाेज । इलामको सन्दकपुर नगरपालिका–४ माबु क्षेत्रमा अविरल वर्षाका कारण आएको पहिरोमा परी घाइते भएका चार जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत झापामा थप उपचारका लागि सारिएको छ।

घाइतेमध्ये एक बालिका, तीन महिला र एक पुरुष रहेका छन्। स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनीहरूलाई झापा अस्पताल पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

उद्धारमा सेनासहितका सुरक्षा फौजको सक्रिय सहयोग रहेको थियो। राति मोटर बोटबाट ४८, डुङ्गाबाट ३१ र पैदलबाट १२ गरी कुल ९१ जनालाई सुरक्षित स्थानमा पुर्याइएको छ। उद्धार गरिएको सबैलाई सुरक्षित स्थानमा राखेर आवश्यक प्राथमिक सेवा उपलब्ध गराइएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.