भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

राजस्थानस्थित अस्पतालमा भीषण आगलागी, आठजनाको मृत्यु

राजस्थानस्थित अस्पतालमा भीषण आगलागी, आठजनाको मृत्यु

एजेन्सी, २० असाेज । भारतको राजस्थान राज्यको राजधानी जयपुरस्थित सवाई मान सिंह अस्पतालमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। अस्पतालको आईसीयू कक्षमा राति अबेर आगो लाग्दा घटनास्थलमा हाहाकार मच्चिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अधिकारीहरूका अनुसार आगलागीमा परी कैयौँ बिरामी र उनका आफन्तहरू घाइते भएका छन्। मृतकहरूमा दुई जना महिला पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ। पीडितहरूले अस्पतालमा आगो नियन्त्रणका कुनै प्रभावकारी उपकरण नहुँदा आगो थप फैलिएको आरोप लगाएका छन्।

उनका अनुसार आगो लाग्नेबित्तिकै डाक्टर र अन्य कर्मचारीहरू बिरामीलाई अलपत्र पारेर भागेका थिए, जसले धेरैको ज्यान गएको हो।अस्पताल प्रशासनले भने आगलागीपछि तुरुन्तै दमकल टोली र उद्धारकर्मीलाई खटाइएको दाबी गरेको छ। आगो नियन्त्रणमा लिएर घाइतेहरूको उपचार सुरु गरिएको र घटनाबारे विस्तृत छानबिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

यसैबीच, भारतको पश्चिम बंगालको दार्जिलिङ क्षेत्रमा पनि बाढी र पहिरोका कारण कम्तीमा १८ जनाको ज्यान गएको छ। नेपालतर्फको वर्षाको प्रभावले पूर्वी भारतमा पनि भीषण बाढी र पहिरो निम्त्याएको बताइएको छ। भारी वर्षापछि ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा सयौँ पर्यटक अलपत्र परेका छन्।

 


Thali Mobile Pvt.Ltd.