भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भोटेकोशी बाढी : हिमताल विस्फोटको कारण हुनसक्ने ईसीमोडको प्रारम्भिक अनुमान

भोटेकोशी बाढी : हिमताल विस्फोटको कारण हुनसक्ने ईसीमोडको प्रारम्भिक अनुमान

काठमाडौं, २५ असार । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले रसुवाको भोटेकोशी नदीमा आएको हालको बाढी अत्यधिक वर्षाको कारण नभई हिमताल फुट्ने (Glacial Lake Outburst Flood – GLOF) सम्भावनाबाट उत्पन्न भएको हुन सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।

ईसीमोडले विज्ञप्ति जारी गर्दै, घटनाको प्रारम्भिक अध्ययनका आधारमा बाढीको कारण कुनै उच्च हिमाली क्षेत्रमा रहेको हिमताल फुट्नु हुनसक्ने उल्लेख गरेको हो। यसअघि जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र चीन आसपासका क्षेत्रमा बाढीको समयमा भारी वर्षा नभएको पुष्टि गर्दै बाढीको कारण वर्षा नभएको जनाएको थियो।

ईसीमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलका अनुसार, भूगर्भविद्, हिमनदी र जलवायुविज्ञहरूको टोलीबाट थप अध्ययन आवश्यक छ। उनले हिमताल विस्फोटको शङ्का बलियो देखिएको बताउनुभयो। ईसीमोडको सन् २०२१ को एक अध्ययनअनुसार, त्रिशूली नदीको माथिल्लो क्षेत्र (चीनको तिब्बततर्फ) मा अवस्थित केही हिमतालहरूलाई उच्च जोखिमयुक्त श्रेणीमा राखिएको थियो।

त्यसमा पनि केही तालहरू गम्भीर संरचनात्मक अस्थिरतामा रहेको भन्दै समयमै निगरानी र व्यवस्थापन आवश्यक रहेको उल्लेख गरिएको थियो। यस घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनजन्य जोखिम र आपत् व्यवस्थापनमा थप सतर्कता आवश्यक रहेको सन्देश दिएको विज्ञहरू बताउँछन्।

बाढीको ठोस कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यसमा सम्बन्धित विज्ञान तथा प्रविधि क्षेत्रका विज्ञहरू संलग्न गरिने विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.