भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

फागुन २१ को प्रतिनिधिसभा चुनावमा ड्रोन प्रयोग प्रतिबन्ध

फागुन २१ को प्रतिनिधिसभा चुनावमा ड्रोन प्रयोग प्रतिबन्ध

काठमाण्डौ, २५ माघ । सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगलाई प्रतिबन्ध लगाएको छ । केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर ड्रोन उडाउन नपाइने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोनको दुरुपयोग हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै यो कदम चालिएको हो ।

प्रवक्ता काफ्लेले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने पनि बताउनुभयो ।

गृह मन्त्रालयले निर्वाचनलाई लक्षित गर्दै सबै सुरक्षा संयन्त्र तथा प्रशासनिक निकायलाई कुनै पनि प्रकारको कमीकमजोरी नगरी चुस्त र प्रभावकारी सुरक्षा व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ ।

त्यसैगरी मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार हुन सबैलाई अनुरोध गर्दै मित्थ्या, भ्रमपूर्ण, घृणात्मक तथा कसैलाई लाञ्छना लगाउने सामग्री प्रकाशन वा प्रसारण नगर्न चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न भएमा कानुनअनुसार कारबाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

 


Thali Mobile Pvt.Ltd.