भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा आंशिक बदली

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा आंशिक बदली

काठमाण्डौ, २५ माघ । आज सुदूरपश्चिम प्रदेशबाहेक देशका अधिकांश प्रदेशमा मौसम आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा आंशिक बादल लागेको छ ।

आज बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार तराई क्षेत्रमा दिउँसोसम्म हुस्सु तथा कुहिरो कायम रहने सम्भावना छ, जसका कारण यातायात र दैनिक जनजीवनमा आंशिक प्रभाव पर्न सक्नेछ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।

देशका बाँकी भागको मौसम भने मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा बढेको छ ।

आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.