भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा आंशिक बदली

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा आंशिक बदली

काठमाण्डौ, २५ माघ । आज सुदूरपश्चिम प्रदेशबाहेक देशका अधिकांश प्रदेशमा मौसम आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा आंशिक बादल लागेको छ ।

आज बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार तराई क्षेत्रमा दिउँसोसम्म हुस्सु तथा कुहिरो कायम रहने सम्भावना छ, जसका कारण यातायात र दैनिक जनजीवनमा आंशिक प्रभाव पर्न सक्नेछ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।

देशका बाँकी भागको मौसम भने मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा बढेको छ ।

आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.