भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

जापानमा तल्लो सदनका ४६५ सदस्यका लागि मतदान जारी

जापानमा तल्लो सदनका ४६५ सदस्यका लागि मतदान जारी

टोकियो । जापानमा आज तल्लो सदन (प्रतिनिधि सभा) का लागि मतदान भइरहेको छ । ४६५ सदस्यका लागि आज बिहानदेखि सुरु भएको मतदान बेलुका ८ बजेसम्म चल्ने जापानको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार जापानमा साढे १० करोडभन्दा बढी मतदाता छन् । ४६५ सिटमध्ये २८९ सिट प्रत्यक्ष निर्वाचन प्रणाली र १७६ सिट समानुपातिक प्रणालीमार्फत चयन गरिनेछ । यो निर्वाचनलाई प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमाथिको जनमत परीक्षणका रूपमा हेरिएको छ ।

उहाँको पार्टी लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) सँग यसअघि तल्लो सदनमा १९८ सांसद थिए । ४६५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि कम्तीमा २३३ सांसद आवश्यक पर्छ । एलडीपी एक्लैको बहुमत नहुँदा ताकाइची गठबन्धन सरकारको प्रधानमन्त्री बन्नुभएको थियो । गठबन्धनमा जापान इनोभेसन पार्टी (इशिन) सहभागी थियो ।

गठबन्धनमा सहकार्य गर्न कठिनाइ भएको जनाउँदै उहाँले हालै संसद् विघटन गरी समयअगावै चुनाव घोषणा गर्नुभएको थियो । हाल विपक्षी दलहरूमध्ये सेन्ट्रिस्ट रिफर्म एलायन्स सबैभन्दा ठूलो शक्तिका रूपमा देखिएको छ । चिसो मौसम र हिमपातका बीच जापानमा ३६ वर्षपछि पहिलो पटक जाडो मौसममै निर्वाचन भएको हो ।

मतदान सम्पन्न भएपछि प्रारम्भिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसअघि नै २ करोड ७ लाख ९६ हजारभन्दा बढी मतदाताले अग्रिम मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनको नतिजाले जापानको आगामी आर्थिक नीति, आप्रवासन व्यवस्था र सुरक्षा नीतिको दिशा निर्धारण गर्ने विश्वास गरिएको छ । बीबीसीका अनुसार चुनावी परिणामले ताकाइची सरकारको भविष्यसमेत तय गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.