भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

महोत्सवमा हात्तीलाई वनभोज, ६० वटा हात्ती एकै ठाउँमा

महोत्सवमा हात्तीलाई वनभोज, ६० वटा हात्ती एकै ठाउँमा

चितवन । पर्यटकीय नगरी सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को आज चौथो दिन हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी हात्तीहरूलाई फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।

क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पौष १० गतेदेखि सुरुभएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’मा हात्तीलाई चामल र भेलीको खिर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको संघका अध्यक्ष गंगा गिरीले बताए । अर्थमन्त्री डा रामशरण महतले उद्घाटन गरेको महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता र डुंगादौड प्रतियोगिता सम्पन्न भइसकेको छ ।

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेकी थिइ भने डुंगा दौडमा खैरहनी नगरपालिका प्रथम भएको थियो । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनमा ‘पर्यटनको सम्भावना र चुनौती’सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरिएको छ । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्वधनात्मक कार्यक्रमलगायतका कार्यक्रम समावेश छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगेतिक प्रस्तुती दिएका छन् ।

महोत्सव सुरु भएपछि गन्तव्य अबलोकन गर्न आउने स्वादेशी तथा विदेशी पर्यटकको आगमन बृद्धि भएको छ । अंग्रेजी नयाँ बर्षमा यहाँ आएका पर्यटकहरु स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरुले सौराहामा हरेक बर्ष महोत्सव आयोजना गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.