भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

इपिएस भाषा परीक्षामा तीन हजारबढी परीक्षार्थी उत्तीर्ण

इपिएस भाषा परीक्षामा तीन हजारबढी परीक्षार्थी उत्तीर्ण

काठमाडौं । रोजगार अनुमति प्रणाली अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका हुन् । यो सङ्ख्या हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ ।

यसअघिका दुई चरणको भाषा र सिप परीक्षा सम्पन्न भइसकेको थियो । भाषा परीक्षा पुस २ गते मङ्गलबार सकिएको थियो दक्षिण कोरिया जान सम्भावित सूचीमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको कोरिया सरकार मानव संसाधन विभाग (एचआरडी) ले जनाएको छ । परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरण परीक्षा सञ्चालन भएको थियो । १० महिनामा तीन चरणको परीक्षण सम्पन्न भएको हो ।

भाषा परीक्षामा उत्तीर्णको सिप परीक्षाको समय तालिका यही साताभित्र सार्वजनिक गर्ने शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले बताए । भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार सय युवा छनोट गरेर पठाउने भएको छ । पहिलो र दोस्रो चरणमा उत्तीर्ण युवा हाल रोस्टरमा रहेको र केही कोरिया गइसकेको शाखाले जनाएको छ ।

कोरियाले रोस्टरका युवालाई त्रैमासिक रूपमा छनोट गर्ने गरेका कारण हाल उत्तीर्ण भएका युवालाई यो अर्को वर्ष छनोट तालिकाभित्र पार्ने गरेको छ। इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण सन् २०२५ मा धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना रहेको छ। सन् २०२३ मा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली दक्षिण कोरिया प्रवेश गरेकामा २०२४ को हालसम्म सात हजार युवा कोरिया गइसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.