रौतहट । पछिल्लो एक बर्षको अवधिमा ५६५ वटा मानव अधिकार उलंघनको घटना भएको सार्वजनिक भएको छ । जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अबधिमा ५६५ मानव अधिकार उलंघनको घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले सार्बजनिक गरेको हो । नेपाल मानब अधिकार बर्ष पुस्तक २०२५ प्रकाशन पुर्व बार्षिक समिक्षा कार्यक्रममा आईतवार गरुडा नगरपालिकाको सभा हलमा रौतहट स्थित इन्सेककी प्रतिनिधी गौरी न्यौपानेले उक्त घटना बारे प्रतिबेदन सार्वजनिक गरेकी थिइन् ।
बाल अधिकार अन्तर्गत बलात्कार, यौन दुर्ब्यबहार, महिला अधिकार अन्तर्गत बैबाहिक बलात्कार, यौन दुर्ब्यबहारका घटनाहरु जातिय छुवाछूत, बोक्सिको आरोप, कुटपिट, अमानबिय ब्यबहार, गोलि प्रहार, परिवारजनबाट हत्या, अपहरण तथा शरीर बन्धक गरि बलात्कार, घरेलु हिंसा, आत्महत्या दुरुस्साहन पत्रकार माथि कुटपिट तथा दुर्ब्यबहार गरि कुल ५६५ घटनाहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
इन्सेक रौतहट र गरुडा नगरपालिकाको सहकार्यमा भएको समिक्षा कार्यक्रमका सहभागीहरुले हिंसाका यस्ता घटनाहरु न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताएका थिए । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले मानब अधिकार उलंघनका घटनाको न्यूनीकरण गर्नको लागि मान्छेमा भएको सोच चिन्तन परिबर्तन हुनु पर्ने बताए ।
गैर सरकारी संस्था आर डि सि नेपालका प्रतिनिधि सन्जु खड्काले हिंसाका घटना हरुको नियन्त्रणको लागि सम्बन्धीत निकायहरुले आ आफ्नो स्थानबाट सचेतनामुलक कार्यक्रम र सडक नाटक गर्न सकिने बताएकी थिइन् । प्रशासन कार्यालय गरुडाका प्रमुख रामसागर राय यादबले इन्सेकले प्रत्येक बर्ष प्रकाशन गर्ने बर्ष पुस्तकले घटना अभिलेखिकरणमा महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले नागरिकको राजनैतिक अधिकार संगै सामाजिक, साँस्कृतिक र वातावरणिय अधिकारका बिषय बस्तुलाई यस पुस्तकले महत्त्वपूर्ण स्थान दिनेमा विश्वस्त रहेको विचार राखेकी थिइन् ।
