भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

‘टिप हिरो २०१८’ कि सुनिता दनुवारको निधन

‘टिप हिरो २०१८’ कि सुनिता दनुवारको निधन

काठमाडौं । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आकस्मिक निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएकी थिइन्। श्रीमान उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको हो ।

सुनिताका श्रीमान र एक छोरी छन् । आफै मानव बेचबिखनबाट पीडित उनी अहिले मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् । दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमासमेत सम्मानित भएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.