भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौं उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली लागु

काठमाडौं उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली लागु

काठमाडौं । देशभर कोरोना संक्रमण फैलिएसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाड कम गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका हुन् ।

उपत्यकामा कोरोना संक्रमण कम गर्न जोडबिजोर प्रणाली लागु गरिएको प्रशासन कार्यालयहरुले बताएका छन् । भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुको कारणबाट कोभिडको संक्रमण फैलावटमा मद्दत गरिरहेको विश्लेषण प्रशासनको रहेको छ।
यता, जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए ।

उनले प्रशासनले लागु गरेको यस्तो नियमले उपचारका लागि कुनै बाधा नपर्ने बताए । बरु सबैलाई प्रशासनको आदेशको पूर्ण पालना गर्न आग्रह समेत गरे । प्रशासनको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.