भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

मेलाहरुले देशको अर्थतन्त्र चलाएमान बनाउछ अर्थमन्त्री पौडेल

मेलाहरुले देशको अर्थतन्त्र चलाएमान बनाउछ अर्थमन्त्री पौडेल

काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ प्रर्दशनी अवलोकन पश्चात अर्थमन्त्री बिष्णु पौडेलले यस्ता मेलाहरुले देशेको अर्थतन्त्र चलाएमान बनाउन सहयोग पुग्ने बताए । उनले भने यस्ता मेलाहरु अर्थतन्त्र चलाएमान मात्र नभएर आम नागररीको ज्ञान बिज्ञानको विस्तारमा समेत टेवा पुग्ने बताए ।

आफु मेलामा आउद सोचेको भन्दा निकै भब्य र सम्य लाग्नुका साथै यस्ता मेलाहरुले सरकारले जहिले पनी प्राथमीक्तामा राखेको बताए । नेपालमा पहिलो पटक प्रर्दशनीमा भएको कपीराईट टेबल म्याचिङ नेपालमा पहिलो पटक अभ्यास गरीएको सुन्दा देशले विस्तारै विस्तारै ज्ञान विज्ञानमा समेत फड्को मार्न लागेको बताए ।

पुस्तक प्रर्दशनीमा १३ देशका प्रकाशक,लेखक, निर्यात तथा बिभिन्न शैक्षिक सामाग्री उत्पादकहरु सहभागती रहेको आयोजक नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए । स्वदेशी तथा विदेशी ब्यबसायीहरुको १ सय ५० वटा स्टल रहनुका साथै चिन को छुटै स्पेश रहेको छ ।

पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि मुल नाराका साथ स्थापन भएको साउन एसियन पुस्तक मेलाको यो दोस्रो श्रृखला भएको अध्यक्ष सागरले बताए । प्रर्दशनीमा चिन,भारत,जिम्बाबे,थाईल्याण्ड,श्रीलका,क्यानडा र बगलादेश लगाएतका प्रकाशक तथा लेखकहरु रहेका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जारी प्रर्दशनी २१ गते सम्म हुने छ ।

 


Thali Mobile Pvt.Ltd.