भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

अमेरिकाका ७ राज्यहरुमा संकटकाल घोषणा

अमेरिकाका ७ राज्यहरुमा संकटकाल घोषणा

काठमाडौं । अमेरिकामा करोडौँ मानिस प्रभावित भएका छन्। भीषण हिमपातसहितको आँधीका कारण करोडौं मानिसहरु चपेटामा परेका हुन । हिमपातसहितको आँधीका कारण सबैजसो राजमार्ग बन्द भएको र हजारौँ उडान ठप्प भएको जनाइएको छ । स्थानीय प्रशासनहरुले सडकमार्फत् यात्रा नगर्न चेतावनी दिएका छन्। विद्यालयहरु बन्द गरिएको छ।

केन्टकी, भर्जिनिया, वेष्ट भर्जिनिया, केन्सास, अर्कान्सस, न्यूजर्सी र मिसौरीलगायत कयौँ राज्य हिमपातसहितको आँधीबाट प्रभावित भएका छन्। अत्याधिक हिमपातपछि ती राज्यहरुको न्यूनतम तापक्रमण दश वर्षयताकै कम विन्दुमा झरेको छ । केन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित भएका छन्।

यी ठाउँमा १० इन्चसम्म हिउँ जमेको छ। मौसम विभागले देशको मध्यदेखि पूर्वी तटसम्मका लगभग ३० राज्यको अवस्था गम्भीर हुने आशंका गरेको छ। यी राज्यमा बसोबास गर्ने ६ करोडभन्दा बढी मानिसको दैनिकी कष्टकर बनेको बीबीसीले जनाएको छ । अत्यधिक हिमपात र आँधी चलेपछि यी राज्यहरुमा संकटकाल घोषणा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.