भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुनधारा ‘द टोय स्टोर’बाट नक्कली पेस्तोल बरामद, ३१ वर्षीय व्यक्ति पक्राउ

सुनधारा ‘द टोय स्टोर’बाट नक्कली पेस्तोल बरामद, ३१ वर्षीय व्यक्ति पक्राउ

मुख्य बुँदा

सिभिल मलको ‘द टोय स्टोर’बाट ६ थान नक्कली पेस्तोल बरामद

काभ्रे घर भएका ३१ वर्षीय सुरज मगर पक्राउ

आरोपीले ५ सय १ रुपैयाँमा आयात गरी १४–१९ हजारमा बिक्री

अनुसन्धानमा हतियारको तौल वास्तविक पेस्तोलसँग मिल्दोजुल्दो रहेको पाइएको

आरोपीविरुद्ध अभद्र व्यवहार कसुरमा ५ दिन म्याद

काठमाडौँ, ६ भद्र । काठमाडौँ प्रहरीले सुनधारा स्थित सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, सिभिल मलको पाँचौँ तलामा सन्तोषी श्रेष्ठले सञ्चालन गरेको ‘द टोय स्टोर’ बाट अटोमेटिक पेस्तोल जस्तो देखिने नक्कली हतियार बरामद गरिएको हो।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले काभ्रेको रोशी घर भएका ३१ वर्षीय सुरज मगरलाई हतियार आयात र बिक्री गरेको आरोपमा पक्राउ गरेको छ। बिहीबार पक्राउ गरी आरोपीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।

प्रहरीको अनुसन्धान अनुसार, आरोपीले सो हतियार नेपाली रुपैयाँ ५ सय १ मा आयात गरी १४ देखि १९ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको पाइएको छ। नक्कली भए पनि सो हतियारको तौल वास्तविक पेस्तोलसँग मिल्दोजुल्दो रहेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.