भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन दशकसम्म कच्ची अवस्थामै रहेको ३३ किलोमिटर सडक बन्ने आशमा स्थानीय

तीन दशकसम्म कच्ची अवस्थामै रहेको ३३ किलोमिटर सडक बन्ने आशमा स्थानीय

इलाम । झापाको फाल्गुनन्द मार्ग तीन दशकसम्म विजोग अवस्थामा रहेको छ । दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमीसम्म जोड्ने दमक–चिसापानी सडक तीन दशक देखि अलपत्र अवस्थामा रहेको हो ।

निर्माण शुरु भएको तीन दशकसम्म पनि कच्ची अवस्थामै रहेको ३३ किलोमिटर दुरीको फाल्गुनन्द सडक कालोपत्रेका लागि ठेक्का लागेको ५ वर्ष बितिसकदा समेत निर्माण सुरु भएको छैन ।
ठेक्काको म्याद पटकपटक थपिँदा समेत काम हुन नसक्दा स्थानीय निराश बन्दै आएका छन् ।

बुधबार इलामका सरोकारवाला राजनीतिक दल, निर्माण व्यावसायी र स्थानीयबीच भएको छलफलमा निर्माण व्यवसायीले तुरुन्त काम थाल्ने प्रतिवद्धता जनाएसँगै सडक निर्माणले गति लिने आश स्थानीयमा पलाएको छ । सडक कालोपत्रे गर्ने ठेक्का लिएका निर्माण व्यावसायीले बीचैमा छाडेर लथालिङ्ग बनाएपछि यो सडकको भविष्य अन्यौलमा परेको थियो ।

पहिलो खण्डअन्तरगत दमकको पहिलो बिन्दुबाट सात किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउनमा सम्झौता गरेको थियो । रु २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर सो निर्माण कम्पनीले काम अलपत्र छाडेको हो ।

यस्तै दोस्रो खण्ड १५ किलोमिटर सडक रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर सडक रु ५९ करोड १५ लाख ३५ हजारमा निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।

बुधबार जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित, राजनीतिक दल, सुरुक्षा निकाय, सञ्चारकर्मी, सडक डिभिजन कार्यालय दमक, निर्माण व्यवसायी र माङसेबुङ गाउँपालिकाले संयुक्त रुपमा निर्माणाधीन सडकको अनुगमन गरेका छन ।

सडक अनुगमनपछि सोही सडकखण्डमा पर्ने माङमालुङ बजारमा भएको छलफलमा निर्माण व्यवसायीहरुले तुरुन्त काम सुरु गरी चाँडो काम सक्ने प्रतिवद्धता जनाएपछि सडक बन्नेमा स्थानीयमा आशा पलाएको हो । छलफलमा तल्लो खण्डको निर्माण व्यवसायी (महालक्ष्मी–किरातेश्वर जेभी)ले तत्काल काम सुरु गरेर आउँदो बैशाखसम्ममा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.