भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

कञ्चनपुर । कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिकका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन ।

“विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, “हाल बजारमा प्लास्टिका डोरी सहज रुपमा पाउन थालेपछि जुट खेती गर्न किसानले छाडेका छन् ।” खेतमा रोपेको जुट काटेर पानीमा कुहाने, कुहिएर गन्हाएको जुटका धर्सा निकाल्ने, पानीमा सफा गरेर सुकाउने र डोरी बनाउनुपर्ने झन्झट युवाले गर्न नमान्ने भएकाले पनि यसको खेती हुन छाडेको उनको भनाइ छ । जुट कुहाउन प्रयोग हुने तालतलैया, खोला, सार्वजनिक पोखरी मासिँदै गएकाले पनि किसानलाई समस्या भएको छ ।

घरमा रहेका चौपायालाई रोडमा लगेर छाडा छाड्ने कार्यले पनि विगतको जस्तो डोरीको अभाव नखड्किँदा जुट खेती हुन छाडेको शुक्लाफाँटा नगरपालिका– ३ का किसान भीमबहादुर डगौराले बताए । “विगतमा बजारबाट आज जस्तो डोरी खरिद गरेर ल्याउनुपर्ने झन्झट थिएन” उनले भने, “सबैका खेतमा जुटखेती हुन्थ्यो, खेती लगाएर फुर्सदिला भएकाले डोरी बनाउने गर्दथे, वर्षभरिका लागि चौपाया बाध्न, घाँस बोक्न र अन्य घरायसी प्रयोजनका लागि डोरी बनाइथ्यो, आत्मर्निभर थियौँ, हाल डोरीका लागि पनि परनिर्भर भएका छौँ ।”

जुट खेतीलाई प्रोत्साहित नगरिँदा किसानले लगाउन छाड्दै गएको उनको बुझाइ रहेको छ । यहाँका किसानले परम्परागत रुपमा गर्दै आएको जुटखेतीलाई व्यवसायीकरण नगरिँदा किसानको आकर्षण घट्दै गएको किसानले बताए । बुढापाकाले डोरी बाट्ने कार्य गर्दै आएपनि त्यो सीप युवाहरुले ग्रहण नगर्दा जुट खेतीनै ओझेलमा परेको असैनाका किसान सुग्रिव रानाले बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले कैलाली कञ्चनपुरमा हाल किसानले जुट खेती गर्न छाडेकाले प्रोत्साहनका कुनै पनि कार्यक्रम नरहेको बताए ।“जुट खेतीका लागि किसानबाट प्रोत्साहन गर्ने अनुदानका कार्यक्रमका लागि माग आएको छैन” उनले भने, “किसानबाट माग आए त्यसका लागि पनि कार्यक्रम बनाउँछौँ ।”

 


Thali Mobile Pvt.Ltd.