भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

कञ्चनपुर । कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिकका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन ।

“विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, “हाल बजारमा प्लास्टिका डोरी सहज रुपमा पाउन थालेपछि जुट खेती गर्न किसानले छाडेका छन् ।” खेतमा रोपेको जुट काटेर पानीमा कुहाने, कुहिएर गन्हाएको जुटका धर्सा निकाल्ने, पानीमा सफा गरेर सुकाउने र डोरी बनाउनुपर्ने झन्झट युवाले गर्न नमान्ने भएकाले पनि यसको खेती हुन छाडेको उनको भनाइ छ । जुट कुहाउन प्रयोग हुने तालतलैया, खोला, सार्वजनिक पोखरी मासिँदै गएकाले पनि किसानलाई समस्या भएको छ ।

घरमा रहेका चौपायालाई रोडमा लगेर छाडा छाड्ने कार्यले पनि विगतको जस्तो डोरीको अभाव नखड्किँदा जुट खेती हुन छाडेको शुक्लाफाँटा नगरपालिका– ३ का किसान भीमबहादुर डगौराले बताए । “विगतमा बजारबाट आज जस्तो डोरी खरिद गरेर ल्याउनुपर्ने झन्झट थिएन” उनले भने, “सबैका खेतमा जुटखेती हुन्थ्यो, खेती लगाएर फुर्सदिला भएकाले डोरी बनाउने गर्दथे, वर्षभरिका लागि चौपाया बाध्न, घाँस बोक्न र अन्य घरायसी प्रयोजनका लागि डोरी बनाइथ्यो, आत्मर्निभर थियौँ, हाल डोरीका लागि पनि परनिर्भर भएका छौँ ।”

जुट खेतीलाई प्रोत्साहित नगरिँदा किसानले लगाउन छाड्दै गएको उनको बुझाइ रहेको छ । यहाँका किसानले परम्परागत रुपमा गर्दै आएको जुटखेतीलाई व्यवसायीकरण नगरिँदा किसानको आकर्षण घट्दै गएको किसानले बताए । बुढापाकाले डोरी बाट्ने कार्य गर्दै आएपनि त्यो सीप युवाहरुले ग्रहण नगर्दा जुट खेतीनै ओझेलमा परेको असैनाका किसान सुग्रिव रानाले बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले कैलाली कञ्चनपुरमा हाल किसानले जुट खेती गर्न छाडेकाले प्रोत्साहनका कुनै पनि कार्यक्रम नरहेको बताए ।“जुट खेतीका लागि किसानबाट प्रोत्साहन गर्ने अनुदानका कार्यक्रमका लागि माग आएको छैन” उनले भने, “किसानबाट माग आए त्यसका लागि पनि कार्यक्रम बनाउँछौँ ।”

 


Thali Mobile Pvt.Ltd.