भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई सम्मान

फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई  सम्मान

काठमाडौं । दलित महिला संघ (फेडो)ले दलित समुदायका मुद्दालाई आम संचारको माध्यमबाट उजागर गरी समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिकासहितको पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । फेडोले आज भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । फेडोका संस्थापक अध्यक्ष दुर्गा सोव र महासचिव रेणु सिजापतिले हालै नेपाल पत्रकार महासंघको निर्वाचनमा नवनिर्वाचित भएर आएका पत्रकारलाई सम्मान गरेकी हुन ।

फेडोले महासंघका उपाध्यक्ष उमित बागचन्द, सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य रीता बुढाथोकी, पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका सचिव रमेश टमाटा, सोही प्रतिष्ठानका कार्यसमिति सदस्य ईश्वरी विश्वकर्मा र महासंघ भक्तपुर जिल्लाका कार्यसमिति सदस्य अन्जिरसिंह विकलाई सम्मान गरेको छ । सो अवसरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का उपाध्यक्षसमेत रहेकी सोवले सरकारी र निजी क्षेत्रका आमसञ्चारमाध्यमलाई समावेशी बन्नुपर्ने धारणा राखेकी थिइन ।

उनले भनिन्, ‘दलित समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारले महासंघमा रहँदा दलित समुदायका लागि के काम गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो, दलित तथा पत्रकारको हकहितका लागि बढी भन्दा बढी समय खर्चनु र्पछ ।’ महासंघका नवनिर्वाचित उपाध्यक्ष बागचन्दले आफू महासंघमा रहुन्जेल दलित समुदायका पत्रकारको हकहितसँगै समावेशिताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।

महासचिव सिजापतिले संविधानमै दलित समुदायको समानुपातिक सहभागिताको सन्दर्भ उल्लेख गर्दै राज्यको चौथो अंग सबै हिसाबले समावेशी बन्नुपर्ने बताइन् । नेपालमा जातीय र लैंगिक भेदभाव उन्मूलन गर्ने लक्ष्यकासाथ दलित महिला समूह फेडो स्थापना भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.