भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

विपद्का घटनामा ज्यान गुमाएका परिवारलाई कर्णाली सरकारले दियो ६ करोड राहत

विपद्का घटनामा ज्यान गुमाएका परिवारलाई कर्णाली सरकारले दियो ६ करोड राहत

सुर्खेत । प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई कर्णाली प्रदेश सरकारले ६ करोड बराबरको राहत उपलब्ध गराएको छ ।

२०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म तीन सय ४४ पीडितपरिवारलाई सामूहिक बीमावापत छ करोड ८८ लाख उपलब्ध गराएको हो ।

पहिलो चरणमा ज्यान गुमाएका ५९ जनाका परिवारलाई रु एक करोड १८ लाख रकम प्रदान गरिएको थियो ।

प्रतिव्यक्ति दुई लाखका दरले दोस्रो चरणमा ४७ जनालाई रु ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई रु एक करोड ३२ लाख र चौथो चरणमा एक सय ७२ जनालाई रु तीन करोड ४४ लाख बीमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो ।

 


Thali Mobile Pvt.Ltd.