भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी, ५० करोडभन्दा बढीको क्षति

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी, ५० करोडभन्दा बढीको क्षति

काठमाडौं । बुटवल उपमहानगरपालिका–८ मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

कम्प्लेक्सका सञ्चालक घनश्याम पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ भने आगलागीबाट ५० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ। मेटल स्ट्रक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेशन मार्टको पश्चिमतर्फबाट साँझ साढे ६ बजेदेखि आगलागी शुरु भएको र करिब ८ घण्टापछि निभाइएको थियो।

कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जनभन्दा बढी विद्यालयका तयारी पोशाक, काँचो र तयारी कपडा पसल, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको व्यवसाय सञ्चालनमा थिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसलमा रहेका सामानमा क्षति भएको बताए।

 


Thali Mobile Pvt.Ltd.