भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा बस दुर्घटना हुदाँ दुई नेपालीको मृत्यु

भारतमा बस दुर्घटना हुदाँ दुई नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको सिम्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएकोमा दुई नेपाली परेका छन् ।

हिमाञ्चाल प्रदेश रोड ट्रान्सपोर्ट कर्पोरेसन(एचआरटीसीएको सो बस दुर्घटनामा मृत्यु हुनेमा चालक करम दास, सहचालक राकेश कुमार तथा दुई नेपाली यात्रु वीरमा देवी र धन शाह भएको जनाइएको छ ।

चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको होे । सो बस जुबल सब स्टेसन सिम्लामा दुर्घटनामा परेको थियो । बिहान ६।४५ बजे भएको सो दुर्घटनामा परेको बसमा चालक र सहचालकबाहेक पाँच यात्रु भएको एचआरटीसीका प्रबन्ध निर्देशक रोहनचन्द ठाकुरले जनाएका छन् ।

सो बस कुडडुबाट गिल्टारी गाउँतर्फ जान लाग्दा दुर्घटनामा परेको थियो । सो दुर्घटना जियेन्दर रंगता, दीपिका ठाकुर र हस्तबहादुर गम्भीर घाइते छन् । उनीहरूको स्थानीय रोहरु अस्पतालमा उपचार भइरहेकोे जनाइएको छ । हिन्दुस्तान टाइम्स

 


Thali Mobile Pvt.Ltd.