भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भारतमा बस दुर्घटना हुदाँ दुई नेपालीको मृत्यु

भारतमा बस दुर्घटना हुदाँ दुई नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको सिम्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएकोमा दुई नेपाली परेका छन् ।

हिमाञ्चाल प्रदेश रोड ट्रान्सपोर्ट कर्पोरेसन(एचआरटीसीएको सो बस दुर्घटनामा मृत्यु हुनेमा चालक करम दास, सहचालक राकेश कुमार तथा दुई नेपाली यात्रु वीरमा देवी र धन शाह भएको जनाइएको छ ।

चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको होे । सो बस जुबल सब स्टेसन सिम्लामा दुर्घटनामा परेको थियो । बिहान ६।४५ बजे भएको सो दुर्घटनामा परेको बसमा चालक र सहचालकबाहेक पाँच यात्रु भएको एचआरटीसीका प्रबन्ध निर्देशक रोहनचन्द ठाकुरले जनाएका छन् ।

सो बस कुडडुबाट गिल्टारी गाउँतर्फ जान लाग्दा दुर्घटनामा परेको थियो । सो दुर्घटना जियेन्दर रंगता, दीपिका ठाकुर र हस्तबहादुर गम्भीर घाइते छन् । उनीहरूको स्थानीय रोहरु अस्पतालमा उपचार भइरहेकोे जनाइएको छ । हिन्दुस्तान टाइम्स

 


Thali Mobile Pvt.Ltd.