भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

काठमाडौँ, ताप्लेजुङ, बारा, सिराहा, ललितपुर लगायतका जिल्लामा आगलागीका घटना हुँदा लाखौँको क्षति

काठमाडौँ, ताप्लेजुङ, बारा, सिराहा, ललितपुर लगायतका जिल्लामा आगलागीका घटना हुँदा लाखौँको क्षति

काठमाडौँ । सात जिल्लामाका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । काठमाडौँ, ताप्लेजुङ, बारा, सिराहा, ललितपुर लगायतका जिल्लामा आगलागीका घटना हुँदा लाखौँको क्षति भएको हो ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ कान्छी चोक बस्ने इन्द्रबहादुर निरौलाको घरमा विद्युत् सर्ट भई बुधवार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–८ स्थित रेसम रायमाझीको घरमा डेरा गरी बस्ने रुकुम पूर्व घर भएका लोकराज घिमिरेको कोठामा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा कोठामा रहेका विभिन्न सामानहरू जलेर करिब ९ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

इलामको इलाम नगरपालिका–९ माईखोला बस्ने गोपाल पाठकले आफ्नै घरमा सञ्चालन गरेको भगवती माता टायर रिसोलिङ सेन्टरमा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा घर र टायर रिसोलिङ गर्ने मेसिन आंशिक रूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सबै घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

त्यस्तै बाराको सुवर्ण गाउँपालिका–३ बख्तौरास्थित घुरमा लगाएको आगो फैलिएर सोही ठाउँ बस्ने धर्मराज सहनी समेत ४ जनाको ४ वटा घर पूर्ण रूपमा जलेर करिब ४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बुधवार दिउँसो त्यहाँ आगलागी भएको हो ।

उता सिराहाको गोलबजार नगरपालिका–४ गोल चोकस्थित मिनी मार्केट बजारमा सोही नगरपालिका–४ बस्ने नईम मन्सुरीले सञ्चालन गरेको रेडिमेड कपडा पसलमा बुधवार बेलुकी आगलागी हुँदा पसल पूर्ण रूपमा जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही नगरपालिका–४ बस्ने छेदि साह तेलीको माही इलेक्ट्रोनिक पसलमा समेत आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–३ टिकाथली करिडोरस्थित हिरा प्रधानको प्रधान अटो पार्ट इन वर्कसपमा बुधवार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हालसम्म खुलेको छैन । उता, मुगुको छायानाथ रारा नगरपालिका–९ बस्ने गोपाल बमको डाँफे होटेलमा गए राति आगलागी हुँदा होटल पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल नखुलेको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.