भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मकलबाट सल्कीएको आगोले बर्दियामा एकै परिवारका ४ जनाको ज्यान गयो

मकलबाट सल्कीएको आगोले बर्दियामा एकै परिवारका ४ जनाको ज्यान गयो

काठमाडौं । आगलागीको घटनाबाट बर्दियामा एकै घरका चार जनाको ज्यान गएको छ । बर्दियाको गुलरिया–४ स्थित तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु भएको हो । आगलागीबाट तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगलागीमा परी भरत चन्दका दुई छोरा आठ वर्षीय कृष र दुई वर्षीय कार्तिकको मृत्यु भएको र उनकी दिदी ३५ वर्षीय राधा बुढा र भाञ्जी मानुषीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिसोका कारण बालेर कोठामा छाडिएको मकलबाट बिछ्यौना हुँदै आगो सल्किएको र आगलागीबाट भरतकी २८ वर्षीया श्रीमती करिश्मा घाइते भएकी छिन्।

उनलाई उपचारका लागि गुलरिया अस्पताल लगिएको छ। शुक्रबार राति ११ बजेतिर चन्दको घरमा आगलागी भएको र आगलागीबाट घरको एउटा कोठामा पूरै क्षति भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.