भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पानीजहाज अफिस बन्द गर्न मेटमणि चौधरीको आग्रह

पानीजहाज अफिस बन्द गर्न मेटमणि चौधरीको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले पानीजहाज अफिस बन्द गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठक आगामी वर्षको बजेटमाथिको सैद्धानिक छलफलमा बोल्दै सांसद चौधरीले पानीजहाज कार्यालयको काम नभएको बताएका हुन् ।

पानीजहाजबाट उपलब्धि हासिल गर्न सक्दैनौ भने अफिस विस्थापित गरिदिउ भन्ने उनको धारणा रहेको छ ।
अहिले पनि २० करोड रूपैयाँ छुट्याएको भन्दै यो अनुत्पादक क्षेत्रमा बजेट छुट्याउन उपयुक्त नहुने उनको भनाइ छ ।

रेल ल्याएको धेरै वर्ष भइसकेको र प्रोजेक्टमा पैसा छुट्याइने गरेको पनि उनले बताए । अहिले त्यो रेल नचलाएर बेहुलीजस्तो घुम्टो ओढाएर राखिएकोमा पनि उनले आपत्ति जनाए ।

 


Thali Mobile Pvt.Ltd.